काभ्रेमा आज १६३ जना संक्रमित निको भए, ४३ जनामा संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ अषाढ ९, बुधबार मा प्रकाशित ९१२ पटक पढिएको
काभ्रेमा आज १६३ जना संक्रमित निको भए, ४३ जनामा संक्रमण पुष्टि

असार ९, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १६३ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या भने दैनिक कम हुदै गईरहेको छ।

पिसिआर परिक्षणबाट ४० जना र एन्टीजेन परिक्षणबाट ३ जना गरी जम्मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये बनेपा नगरपालिकामा २२ जना, धुलिखेलमा ७, पनौतीमा ३, बेथानचोक गाउँपालिकामा ४, भुम्लुमा १, खानीखोलामा १, नमोबुद्धमा १ रहेका छन् भने एन्टीजेन परिक्षणबाट पाँचखाल नगरपालिकामा २ र तेमाल गाउँपालिकामा १ जना गरी जम्मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ६३० मा झरेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ७७९ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस