काभ्रेमा आज ४७ जना संक्रमित निको हुदा ३५ जनामा संक्रमण पुष्टि, पनौतीका १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ अषाढ १३, आईतबार मा प्रकाशित ९८६ पटक पढिएको
काभ्रेमा आज ४७ जना संक्रमित निको हुदा ३५ जनामा संक्रमण पुष्टि, पनौतीका १ जनाको मृत्यु

असार १३, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा ४७ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या भने दैनिक कम हुदै गईरहेको छ।

पिसिआर परिक्षणबाट २९ जना र एन्टीजेन परिक्षणबाट ६ जना गरी जम्मा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ११ जना, धुलिखेलमा १४, पनौतीमा २, पाँचखालमा २ जना छन् भने एन्टीजेन परिक्षणबाट बेथानाचोकमा ५ र चौरीदेउरालिमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४२० मा झरेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ८६९ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पनौती नगरपालिकाका ७२ वर्षीय महिलाको बनेपाको शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस