काभ्रेमा खुल्यो सार्वजनिक यातायात

निषेधाज्ञा एक साता थप
नौलो समाचार संवाददाता
२०७८ अषाढ १४, सोमबार मा प्रकाशित २३९४ पटक पढिएको
काभ्रेमा खुल्यो सार्वजनिक यातायात

असार १४, काभ्रे। काभ्रेमा खुल्यो सार्वजनिक यातायात खुल्ला गरिएको छ। आज (सोमबार) जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको आदेशमा जोर बिजोर प्रणाली मार्फत संचालन गर्न भनिएको छ।

यो संगै काभ्रेमा थप खुकुलो गर्दै निषेधाज्ञा एक साता थपिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित आदेशमा जनाईएको छ। आज राती १२ बजेबाट लागू हुनेगरी असार २१ रातिसम्म निषेधाज्ञाको समय थपिएको छ।

बनेपालाई केन्द्रविन्दु गरेर जिल्लाभित्र २५ सिट क्षमता भन्दाको माथिको यातायातका साधन चलाउन पाईने बताईएको छ।

विहान ६ बजेदेखि साँझ ७ बजेसम्म जोर-बिजोर प्रणाली अनुसार सार्वजनिक यातायातका साधनमा चल्न पाउने छन्।

यसबाहेक अत्यावश्यक काम बाहेक हिड्डुल नगर्न, मेला, पर्व, जिमखाना, शैलुन, महोत्सव, जुलुस जस्ता मानिसको भिडभाड हुने कुनै पनि गतिविधि गर्न नपाईने प्रमुख जिल्ला अधिकारी पोखरेले बताउनुभयो।

जिल्ला प्रशासनद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस