काभ्रेमा आज संक्रमितको संख्या बढ्यो, ३८ जना संक्रमित थपिदा, २४ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ५७८ पटक पढिएको
काभ्रेमा आज संक्रमितको संख्या बढ्यो, ३८ जना संक्रमित थपिदा, २४ जना डिस्चार्ज

असार १५, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको भए पनि आज भने  डिस्चार्ज हुनेको तुलनामा संक्रमितको संख्या बढेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा २४ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या भने दैनिक कम हुदै गईरहेको छ।

पिसिआर परिक्षणबाट २३ जना र एन्टीजेन परिक्षणबाट १५ जना गरी जम्मा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ११ जना, धुलिखेलमा ४, पनौतीमा ३, पाँचखालमा १, बेथानाचोक गाउँपालिकामा ४ छन् भने एन्टीजेन परिक्षणबाट पाँचखालमा ७ जना, खानीखोलामा २, पनौतीमा ३, चौरिदेउरालीमा ३ जनागरी जम्मा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३८१ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ९६४ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस