काभ्रेमा आज थपिए ५९ जना संक्रमित, ५१ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित ४७४ पटक पढिएको
काभ्रेमा आज थपिए ५९ जना संक्रमित, ५१ जना निको भए

असार १७, काभ्रे। काभ्रेमा आज ५९ जनामा संक्रमण पुष्टी भएको छ। ५१ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा ५९ जनामा संक्रमण पुष्टी भएको हो।

पिसिआर परिक्षणबाट ३९ जना र एन्टीजेन परिक्षणबाट २० जना गरी जम्मा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा१२ जना, धुलिखेलमा ३, पनौतीमा ७, मण्डनदेउपुरमा २, पाँचखालमा ३, नमोबुद्धमा ३, भुम्लु गाउँपालिकामा ९, बेथानाचोकमा २, जना छन् भने एन्टीजेन परिक्षणबाट पाँचखालमा ११, खानीखोला गाउँपालिकामा ९ जनागरी जम्मा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३९३ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ०६४ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस