काभ्रेमा आज २६ जना डिस्चार्ज हुदा २५ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ५८६ पटक पढिएको
काभ्रेमा आज २६ जना डिस्चार्ज हुदा २५ जना संक्रमित थपिए

असार १८, काभ्रे। काभ्रेमा आज कोरोना जित्ने र संक्रमित थापिनेको संख्या उस्तै रहेको छ। आज जिल्लामा २६ जना कोरोना निको भई डिस्चार्ज हुदा २५ जना संक्रमित थपिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज २५ जनामा संक्रमण पुष्टी भएको छ। २६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा पिसिआर परिक्षणबाट १० जना र एन्टीजेन परिक्षणबाट १५ जना गरी जम्मा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ४ जना, धुलिखेलमा ३, पनौतीमा २, नमोबुद्धमा १ जना छन् भने एन्टीजेन परिक्षणबाट रोशी गाउँपालिकामा १३ जना, चौरीदेउरालीमा २  जनागरी जिल्लाभर जम्मा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३९२ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ०८९ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस