काभ्रेमा आज २५ जना संक्रमित डिस्चार्ज, २९ जनामा संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ अषाढ १९, शनिबार मा प्रकाशित ५१६ पटक पढिएको
काभ्रेमा आज २५ जना संक्रमित डिस्चार्ज, २९ जनामा संक्रमण पुष्टि

असार १९, काभ्रे। काभ्रेमा आज २५ उपचार पछी कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा २९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १५ जना, धुलिखेलमा ६, पनौतीमा ४, पाँचखालमा १, मण्डनदेउपुरमा १, बेथानाचोकमा २ जनागरी जम्मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३९४ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ११८ पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतानामा ३ जना संक्रमितको मृत्यु भएको छ। पाँचखालका ३८ वर्षीय पुरुष, बनेपाका ८१ वर्षीय पुरुष र सिन्धुपाल्चोकका ७० वर्षीय महिलाको मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस