काभ्रेमा २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाईने

नौलो समाचार संवाददाता
२०७८ अषाढ २१, सोमबार मा प्रकाशित ८५८ पटक पढिएको
काभ्रेमा २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाईने

असार २१, काभ्रे। काभ्रेमा भेरोसेल खोपको दोस्रो मात्रा (डोज) भोली (मंगलबार) देखि लगाउन सुरु गरिने भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले एक सूचना जारी गर्दै भोली २२ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने बताउनुभएको हो।

यसअघि पहिलो खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ब्यक्तिलाई दोस्रो डोज खोप लगाउन लागिएको हो । जिल्ला स्तरीय खोप अनुगमन तथा सहयोग समितिको बैठकले यसअघि पहिलो खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ब्यक्तिलाई दोस्रो डोज खोप लगाउने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेले सम्बन्धित नगरपालिका र गाउँपालिकाको खोप केन्द्रमा गएर दोस्रो डोज खोप लिन आग्रह गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहले खोप केन्द्र समेत सार्वजनिक गरिसकेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस