काभ्रेमा ह्वात्तै बढ्यो संक्रमितको संख्या, ११२ संक्रमित थपिदा ३१ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ अषाढ २१, सोमबार मा प्रकाशित ६९९ पटक पढिएको
काभ्रेमा ह्वात्तै बढ्यो संक्रमितको संख्या, ११२ संक्रमित थपिदा ३१ जना डिस्चार्ज

असार २१, काभ्रे। काभ्रेमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। केहि दिनदेखी उकालो लाग्न थालेको कोरोना ग्राफ आज भने उच्च बिन्दुमा पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पिसिआर परिक्षणबाट ५५ जना र एन्टीजेन परिक्षणबाट ५७ जना गरी जम्मा ११२ जनमा संक्रमण पुष्टि भएको हो।

यस्तै आज ३१ जना उपचारपछी कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

संक्रमितमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा २० जना, पनौतीमा १२, धुलिखेलमा १२, मण्डनदेउपुरमा २, भुम्लुमा १, चौरीदेउरालीमा १, खानीखोलामा २, रोशिमा ५ तथा एन्टीजेन परिक्षणबाट नमोबुद्ध नगर्पालिमा ३०, पाँचखालमा १६, बनेपामा २, पनौतीमा ३, रोशीमा ५, तेमालामा १ जनागरी जम्मा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार २४६ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेल अस्पतालमा आज १ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकका ५४ वर्षीय महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस