काभ्रेमा आज ८७ जना निको हुदा ४० जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ अषाढ २२, मंगलबार मा प्रकाशित ४९६ पटक पढिएको
काभ्रेमा आज ८७ जना निको हुदा ४० जना संक्रमित थपिए

असार २२, काभ्रे। काभ्रेमा आज काभ्रेमा आज ८७ जना निको भई डिस्चार्ज भएका छन् भने ४० जना संक्रमित थपिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना डिस्चार्ज भएका हुन् । यस्तै सोहि अवधिमा ४० जना संक्रमित थपिएका हुन्।

पिसिआर परिक्षणबाट ३२ जना र एन्टीजेन परिक्षणबाट ८ जना गरी जम्मा ४० जनमा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ८ जना, पनौतीमा १२, धुलिखेलमा ७, पनौतीमा ६, नमोबुद्धमा ३, पाँचखालमा १, भुम्लुमा ६, बेथानाचोकमा १, तथा एन्टीजेन परिक्षणबाट बनेपामा ७, महाभारतमा १ जनागरी जम्मा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार २८६ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस