काभ्रेमा आज ६० जना संक्रमित थपिए, ४१ जना डिस्चार्ज, ५२० जनाले लगाए खोप

नौलो समाचार संवाददाता
२०७८ अषाढ २४, बिहिबार मा प्रकाशित ८०९ पटक पढिएको
काभ्रेमा आज ६० जना संक्रमित थपिए, ४१ जना डिस्चार्ज, ५२० जनाले लगाए खोप

असार २४, काभ्रे। काभ्रेमा कोरोना संक्रमितको संख्या ६० जना रहेको छ। यस्तै आजै (बिहिबार) ४१ जना डिस्चार्ज भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पिसिआर परिक्षणबाट ३३ जना र एन्टीजेन परिक्षणबाट २७ जना गरी जम्मा ४  जनमा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, पनौतीमा ५, धुलिखेलमा १८, नमोबुद्धमा १, पाँचखालमा १, मण्डनदेउपुरमा २, बेथानाचोकमा १ यस्तै एन्टीजेन परिक्षणबाट पाँचखालमा १०, पनौतीमा ६, रोशीमा ६, बेथानाचोकमा चौरीदेउरालीमा २ जनागरी जम्मा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ३८३ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा रहेर उपचार गरीरहेका धुलिखेलका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो।

५२० जनाले लगाए खोप

आज भेरोसेल भ्याक्सिनको दोश्रो मात्रा लगाउनेको संख्या आज ५२० रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा ३२२ जना र रोशी गाउँपालिकामा १९८ जना गरी जम्मा ५२० जनाले खोप लागेका हुन्। ६२ देखि ६४ वर्षसम्मका व्यक्तिलाई भेरोसेल भ्याक्सिनको दोश्रो मात्रा लगाउने क्रम काभ्रेका विभिन्न पालिकामा चलिरहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस