काभ्रेमा आज १४ जना संक्रमित थपिदा १६ जना डिस्चार्ज, २५०८ जनाले लगाए खोप

नौलो समाचार संवाददाता
२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ११५५ पटक पढिएको
काभ्रेमा आज १४ जना संक्रमित थपिदा १६ जना डिस्चार्ज, २५०८ जनाले लगाए खोप

असार २६, काभ्रे। काभ्रेमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आजै (शनिबार) १६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, पनौतीमा ३, धुलिखेलमा ३, पाँचखालमा १, रोशीमा १ जनागरी जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ४४२ पुगेको कार्यालयले जनाएको छ।

२५०८ जनाले लगाए खोप

आज भेरोसेल भ्याक्सिनको दोश्रो मात्रा लगाउनेको संख्या आज २ हजार ५०८ रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेलमा ७१५ जना, चौरीदेउराली गाउँपालिकामा ६६९, रोशी ७२, नमोबुद्धमा ५५७, महाभारतमा ३२०, जिल्ला प्रहरी कार्यालय धुलिखेलमा १७५ जना गरी जम्मा २ हजार ५०८ जनाले खोप लगाएका हुन्। ६२ देखि ६४ वर्षसम्मका व्यक्तिलाई भेरोसेल भ्याक्सिनको दोश्रो मात्रा लगाउने क्रम काभ्रेका विभिन्न पालिकामा चलिरहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस