कोरोना काभ्रे : ६१ जना डिस्चार्ज, ५ हजार ४१७ जनाले लगाए खोप

नौलो समाचार संवाददाता
२०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित ५९१ पटक पढिएको
कोरोना काभ्रे : ६१ जना डिस्चार्ज, ५ हजार ४१७ जनाले लगाए खोप

असार २६, काभ्रे। काभ्रेमा ६१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज (बिहिबार) ६१ जना संक्रमित डिस्चार्ज हुदा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पिसिआर परिक्षणबाट २६ जना र एन्टीजेन परिक्षणबाट ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ५ जना, पनौतीमा ५, धुलिखेलमा ९, पाँचखालमा ५, तेमालमा १ जना तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ५, पनौतीमा ३, तेमालामा १ जना गरी जम्मा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ७४३ पुगेको कार्यालयले जनाएको छ।

५ हजार ४१७ जनाले लगाए खोप

काभ्रेमा ५५ वर्षदेखि माथिका उमेर समुहका नागरिकलाई भेरोसेल भ्याक्सिनको पहिलो मात्रा लगाउने कार्य चलिरहेको छ। जसअन्तर्गत आज जिल्लाभर ५ हजार ४१७ जनाले लगाए खोप लगाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेलमा १४८०, बनेपामा ११९८, पनौतीमा ३४६, मण्डनदेउपुरमा ७४२, रोशीमा ७३६, चौरीदेउरालीमा ४८७, भुम्लुमा ४२८ जना गरी जम्मा ५ हजार ४१७ जनालाई खोप लगाईएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस