कोरोना काभ्रे: ५० जना डिस्चार्ज हुदा ५४ जना संक्रमित थपिए

३ हजार २४९ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण १, शुक्रबार मा प्रकाशित ६४७ पटक पढिएको
कोरोना काभ्रे: ५० जना डिस्चार्ज हुदा ५४ जना संक्रमित थपिए

साउन १, काभ्रे। काभ्रेमा ५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज (शुक्रबार) ५० जना संक्रमित डिस्चार्ज हुदा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केहि दिनयता काभ्रेमा संक्रमितको दर उकालो लाग्ने क्रममा रहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पिसिआर परिक्षणबाट ४२ जना र एन्टीजेन परिक्षणबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ७ जना, पनौतीमा ९, धुलिखेलमा १८, पाँचखालमा ६, रोशीमा १, चौरीदेउरालीमा १ तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ४, पनौतीमा ७, बेथानाचोकमा १ जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ७९७ पुगेको कार्यालयले जनाएको छ।

३ हजार २४९ जनाले लगाए खोप

काभ्रेमा ५५ वर्षदेखि माथिका उमेर समुहका नागरिकलाई भेरोसेल भ्याक्सिनको पहिलो मात्रा लगाउने कार्य चलिरहेको छ। जसअन्तर्गत आज जिल्लाभर ३ हजार २४९ जनाले लगाए खोप लगाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तेमाल गाउँपालिकामा १०२८ जना, मण्डनदेउपुरमा १६९, रोशीमा ५३६, नमोबुद्धमा ८९३, भुम्लुमा ४२३, र आर्मी ब्यारेक धुलिखेलमा २०० जना गरी जम्मा ३ हजार २४९ जनालाई खोप लगाईएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस