काभ्रेमा सक्रिय संक्रमित ५२९, आज १८ जना डिस्चार्ज, १६ संक्रमित थपिए

५५६ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण २, शनिबार मा प्रकाशित ७१२ पटक पढिएको
काभ्रेमा सक्रिय संक्रमित ५२९, आज १८ जना डिस्चार्ज, १६ संक्रमित थपिए

साउन २, काभ्रे। काभ्रेमा १८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज (शनिबार) १८ जना संक्रमित डिस्चार्ज हुदा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आज जिल्लामा ५२९ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्। क्रमश: धुलिखेलमा १२१ जना, पनौतीमा १२०, बनेपामा ११३, पाँचखालमा ७७, नमोबुद्धमा ३४, रोशी गाउँपालिकामा २५  जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका १६ संक्रमित मध्ये बनेपा नगरपालिकामा ६ जना, पाँचखालमा ८, चौरीदेउरालीमा १ र भुम्लुमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ११४ पुगेको कार्यालयले जनाएको छ।

५५६ जनाले लगाए खोप

काभ्रेमा ५५ वर्षदेखि माथिका उमेर समुहका नागरिकलाई भेरोसेल भ्याक्सिनको पहिलो मात्रा लगाउने कार्य चलिरहेको छ। जसअन्तर्गत आज जिल्लाभर ५५६ जनाले लगाए खोप लगाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चौरीदेउराली गाउँपालिकामा ३२१ जना, नमोबुद्धमा १८२, आर्मी ब्यारेक धुलिखेलमा ५३ जना गरी जम्मा ५५६ जनालाई खोप लगाईएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस