काभ्रेमा आज ९८ जना थपिए नयाँ संक्रमित, ५५ डिस्चार्ज

३ हजार ६६७ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण ७, बिहिबार मा प्रकाशित ५३६ पटक पढिएको
काभ्रेमा आज ९८ जना थपिए नयाँ संक्रमित, ५५ डिस्चार्ज

साउन ७ , काभ्रे। काभ्रेमा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। आज (बिहिबार) जिल्लाभर ९८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो। यस्तै आजै ५५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

यस्तै आज जिल्लामा ६२२ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा १६३ जना, धुलिखेल १३९, बनेपामा १३४, पाँचखालमा ९०, नमोबुद्धमा ४३, रोशी गाउँपालिकामा १२, बेथानाचोकमा १० जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ९८ संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा २४ जना, धुलिखेल १७, पनौतीमा १४, पाँचखालमा ४, नमोबुद्धमा २, रोशी गाउँपालिकामा २, भुम्लुमा २, महाभारतमा २, तेमालमा १, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा २५ जना, बेथानचोकमा २, नमोबुद्धमा १, रोशीमा १, तेमालामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार १३६ पुगेको कार्यालयले जनाएको छ।

३६६७ जनाले लगाए खोप

पाचौ चरणको खोप कार्यक्रमा अन्तर्गत काभ्रेमा आज ३ हजार ६६७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्। काभ्रेमा जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको जम्मा संख्या ९ हजार ७६९ रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस