काभ्रेमा आज ५४ जना थपिए नयाँ संक्रमित, जिल्लाभर सक्रिय संक्रमितको संख्या ६३१

नौलो समाचार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार मा प्रकाशित ४६४ पटक पढिएको
काभ्रेमा आज ५४ जना थपिए नयाँ संक्रमित, जिल्लाभर सक्रिय संक्रमितको संख्या ६३१

साउन ८, काभ्रे। काभ्रेमा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। आज (शुक्रबार) जिल्लाभर ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो। यस्तै आजै ४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

यस्तै आज जिल्लामा ६३१ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा १७४ जना, धुलिखेल १३६, बनेपामा ११८, पाँचखालमा ११०, नमोबुद्धमा ४३, रोशी गाउँपालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ५४ संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ४ जना, धुलिखेल ८, पनौतीमा ७, पाँचखालमा ३, तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा १८ जना, पनौतीमा १०, बनेपामा १, नमोबुद्धमा १, तेमालामा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार १९० पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा काभ्रेमा १ जनाको संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार धुलिखेलका ८७ वर्षीय महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस