काभ्रेमा आज ४५ जना संक्रमित डिस्चार्ज हुदा २३ जना नयाँ थपिए, २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण ९, शनिबार मा प्रकाशित ७६६ पटक पढिएको
काभ्रेमा आज ४५ जना संक्रमित डिस्चार्ज हुदा २३ जना नयाँ थपिए, २ जनाको मृत्यु

साउन ९, काभ्रे। काभ्रेमा ४५ जना संक्रमित निको भएका छन्। आज (शनिबार) जिल्लाभर २३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो। आज काभ्रेमा निको हुनेको संख्या बढेको हो।

यस्तै आज जिल्लामा ६०८ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा १५४ जना, धुलिखेल १३४, बनेपामा १२०, पाँचखालमा १०८, नमोबुद्धमा ४५, बेथानचोक गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका २३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेल ४ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १२ जना , नमोबुद्धमा ३, बेथानचोक गाउँपालिकामा  ४ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार २१४ पुगेको कार्यालयले जनाएको छ।

२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काभ्रेमा २ जनाको संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार बनेपाका ५५ वर्षीय पुरुष र तेमाल गाउँपालिकाका ५५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस