आममाफीको लागी हामी युद्धबन्दी हैनौ, ओलीको टाङमुनि छिर्दिन’ : एमाले नेता नेपाल

नौलो समाचार संवाददाता
२०७८ श्रावण ९, शनिबार मा प्रकाशित ११३२ पटक पढिएको
आममाफीको लागी हामी युद्धबन्दी हैनौ, ओलीको टाङमुनि छिर्दिन’ : एमाले नेता नेपाल

साउन ९, काभ्रे। एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले आफुहरू युद्धबन्दी नभएको बन्दै आममाफी आवश्यक नरहेको जिकीर गर्नुभएको छ । आज एमाले काभ्रेको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले यस्तो बताउनुभएको हो।

नेता नेपालले ‘राजर्षि शैली’मा आममाफीको घोषणा गरेको भन्दै अध्यक्ष केपी ओलीको कठोर आलोचना गर्नुभएको हो। ओलीको निरंकुश र हुकुमी शैलीमा सुधार नआएको भन्दै नेपालले आत्मसमीक्षा गरेको अवस्थामा मात्र पार्टी एकताबद्ध बनाउने प्रयास सफल हुन सक्ने प्रस्ट पार्नुभएको छ।

आफु ‘बिशेष धातुले बनेको मान्छे भएको’ बताउदै नेपालले ‘ओलीको टाङमुनि छिर्दिन’ भन्नुभयो। कम्युनिस्ट आन्दोलनलाई छिया-छिया पार्ने ओली प्रवृत्तिको खुलेर विरोध गर्ने उहाँले स्पष्ट पार्नुभयो।

सरकारमा रहँदा ओलीले एकलौटी मच्चाएको नेता नेपालको आरोप छ। ‘सबैलाई मिलाएर जाऔँ भन्दा बिरोधी सम्झने, आफु बाहेक अरू कोहि पनि छैन भन्ने दम्भले आज पार्टी तहस नहस भएको उहाँको तर्क छ।

पार्टीलाई असल र ज्ञानी नेतृत्व आवश्यक रहेको नेता नेपालको भनाई छ।


प्रतिक्रिया दिनुहोस