काभ्रेमा आज ९१ जना संक्रमित थपिए, २० जना निको भए, बनेपाका २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २०, बुधबार मा प्रकाशित १०३७ पटक पढिएको
काभ्रेमा आज ९१ जना संक्रमित थपिए, २० जना निको भए, बनेपाका २ जनाको मृत्यु

साउन २०, काभ्रे। काभ्रेमा ९१ जना संक्रमित थपिएका छन्। आज (बुधबार) जिल्लाभर २० जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ८५६ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर १९८ जना, पनौतीमा १८०, धुलिखेलमा १६७, पाँचखालमा १३९, नमोबुद्धमा ६१, मण्डनदेउपुरमा ३८ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २४ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ९१ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३४ जना, धुलिखेलमा ११, पनौतीमा ११, पाँचखालमा ३, नमोबुद्धमा १, तेमालामा २, रोशीमा २ जना, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा १८ जना, नमोबुद्धमा ७, बनेपामा १, तेमालामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ९ पुगेको कार्यालयले जनाएको छ।

२ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा काभ्रेमा २ जनाको संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार बनेपाका ५६ वर्षीय पुरुषको धुलिखेलमा र बनेपाकै ७१ वर्षीय महिलाको घरमा होम अईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो।

 

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस