दर्जनभन्दा बढी संघ-सस्थाको सहकार्यमा पनौतीमा मास्क अभियान सञ्चालन

नौलो समाचार संवाददाता
२०७८ आश्विन २, शनिबार मा प्रकाशित ७७३ पटक पढिएको
दर्जनभन्दा बढी संघ-सस्थाको सहकार्यमा पनौतीमा मास्क अभियान सञ्चालन

असोज २, काभ्रे। पनौतीका दर्जनभन्दा बढी संघ-सस्थाको सहकार्यमा पनौती नगर क्षेत्रमा मास्क सम्बन्धि जनचेतनामुलक कार्यक्रम ‘मास्क अप पनौती’ कार्यक्रम गरिएको छ। पनौती नगरपालिकाको संयोजनमा मास्क अप पनौती तेस्रो चरणको कार्यक्रम गरिएको हो।

अभियान अन्तर्गत मानिसको चहलपहल हुने बसपार्क क्षेत्र, मन्दिर परिसर लगायतका स्थानमा मास्क वितरण गर्नुका साथै सवार्वजनिक सवारी साधनमा कोरोना भाइरसको संक्रमणबाट बच्न उपनाउनुपर्ने सन्देशमुलक भनाई अंकित स्टिकर टाँसेर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई समेत मास्क वितरण गरिएको छ ।

‘मास्क मेरो लागि, परिवारको लागि र समाजको लागि’ भन्ने मुल नाराका साथ विगत केहि हप्तादेखि जनचेतनामुलक अभियान सन्चालन गरिरहेको पनौती जेसिजका अध्यक्ष मिरा गिरीले जानकारी दिनुभयो।

स्वास्थ्य मापदण्डको पालनामा ध्यान नदिने हो भने जुनसुकै बेला संक्रमण फैलन सक्ने जोखिम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न जनचेतनामुलक अभियान सुरु गरिएको अपनौती जुनियर जेसिजका अध्यक्ष विशाल तिमल्सिनाको भनाई छ।

कार्यक्रममा बोल्दै संविधासभा सदस्य रामहरी सुवेदीले महामारी रोक्न संघसंस्थाले देखाएको सक्रियताको प्रशंसा गर्नुभएको थियो। जेसिज, रोटरी लगायतका संघ सस्थाले सुरु गरेको जनचेतनामुलक अभियान प्रभावकारी रहेको भन्दै अभियानलाई निरन्तरता दिन पनि सुवेदीले आग्रह गर्नुभएको छ।

कार्यक्रममा पनौती जेसिज, पनौती जुनियर जेसिज, रोटरी क्लव अफ काभ्रे भ्याली, बनेपा हेल्थ केयर, पनौती प्रहरी चौकी, कोभिड–१९ वारियर्स, रोट्रयाक्ट क्लव अफ सिखलापुर, भागवत धर्म संरक्षण समित, बिजी क्याफे पनौती, पनौती ट्रेड एण्ड कम्युनिकेशन, पनौती नेपाल, पनौती सोसाइटी ग्रुप, उद्यम विकास बचत तथा ऋण सहकारी, पनौती पर्यटन विकास समित, रोटरी क्लव अफ काभ्रे भ्याली, कन्भर्जेन्स अफ कल्चर लगायतका संघसंस्थाको सहकार्य गरेका छन्।

कार्यक्रममा पनौती जेसिजकी अध्यक्ष मिरा गिरी, महासचिव पुरुषोत्तम सुवेदी, रोटरी क्लव अफ काभ्रे भ्यालीका प्रेसिडेन्ट अनुप श्रेष्ठ, पनौती नेपालका निवास श्रेष्ठ, उद्यम विकास साकोसका अध्यक्ष रोशन क्षेष्ठ, रोट्रयाक्टर एवं अन्तराष्ट्रिय सम्बन्ध अधिकृत मनिषा श्रेष्ठ, लायन्स क्लव अफ पनौतीका प्रेसिडेन्ट लायन विवेक भट्टराई लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस