असोज ९, काभ्रे। नेपाली कांग्रेस काभ्रेको नगर अधिवेशनबाट पनौती नगर सभापतिमा रामशरण भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।
आज सम्पन्न नगर अधिवेशनमा सभापतिका अर्का प्रत्यासी राजेश श्रेष्ठ सभापतिबाट नाम फिर्ता लिई त्याग र मूल्य मान्यताको परिपक्वता देखाइ राजनीतिक इतिहास बनाउनु भएको छ।
रामशरण भण्डारीको प्यानल नै सर्वसम्मतिमा निर्वाचित भएको हो।
उपसभापती पुरुषोत्तम कर्माचार्य र श्रीराम थापा, सचिव नारायण प्रसाद सापकोटा र तिर्थराज सापकोटा, सहसचिव सुरेन्द्र बन्जारा र बिनोद लामा निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै, पनौती वडा नम्बर-१ प्रत्यक्षबाट राजाराम सापकोटा र प्रेम बहादुर वाइवा, महिला प्रत्यक्ष खुल्ला तर्फ जलजला उपाध्याय, वडा नम्बर-२ बाट प्रत्यक्ष तर्फ उत्तम आचार्य र उद्धव अधिकारी, महिला प्रत्यक्ष खुल्ला तर्फ शुशिला लामिछाने, वडा नम्बर-३ बाट धुर्व सापकोटा र कर्ण बहादुर सापकोटा, महिला प्रत्यक्ष खुल्ला तर्फ शर्मिला सापकोटा, वडा नम्बर-४ बाट प्रकाश हुमागाईं र बिपिन श्रेष्ठ तथा महिला तर्फ सजना तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ।
यस्तै, वडा नम्बर-५ बाट अच्युतप्रसाद सापकोटा र मोहनकुमार मिजार तथा महिला तर्फ अप्सरा केसी, वडा नम्बर-६ बाट रामप्रसाद सापकोटा र दिपक बस्नेत तथा महिला तर्फ गीता सापकोटा, वडा नम्बर-७ बाट राजेन्द्र रघु श्रेष्ठ र धर्म नारायण सोनाम तथा महिला तर्फ सुवर्ण मैया कर्माचार्य, वडा नम्बर-८ बाट रामचन्द्र केसी र रामसुन्दर शर्मा बन्जारा तथा महिला तर्फ राधा खत्री, वडा नम्बर-९ बाट टिकाराम भण्डारी र पंकज हुमागाईं तथा महिला तर्फ भुवनकुमारी श्रेष्ठ, वडा नम्बर-१० बाट प्रजुन थापा र दुर्गा प्रसाद पोख्रेल तथा महिला तर्फ शारदा महत कार्की, वडा नम्बर-११ बाट गोपाल तामाङ र रामभक्त थापा तथा महिला तर्फ अनितामाया तामाङ, वडा नम्बर-१२ बाट दिपक केसी र परशुराम अधिकारी तथा महिला तर्फ दुर्गा राय निर्विरोध निर्वाचित हुनुभएको छ।
यसैगरी, नगर सदस्य खस आर्य तर्फ ७ जना निर्वाचित हुनुभएको छ। विश्वनाथ सापकोटा, भिम प्रसाद बन्जारा, कृष्ण बन्जारा, मधुसुधन दाहाल, प्रदिप कार्की, राजेश कुमार कार्की, दिपेन्द्र बन्जारा तथा महिला तर्फ नानिमैया खड्का निर्वाचित हुनुभएको छ।
यस्तै, नगर सदस्य आदिवासी जनजाती तर्फ महेन्द्रलाल श्रेष्ठ, नारायण रघु श्रेष्ठ, हरी तामाङ, जयप्रकाश श्रेष्ठ, राजु ताम्राकार तथा नगर सदस्य महिला आदिवासी जनजाती तर्फ इश्वरी श्रेष्ठ र मिना रघु श्रेष्ठ साथै नगर सदस्य अपाङ्गता तर्फ रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ।
काभ्रेमा अहिलेसम्म रोशी गाउपालिकामा दुधराज लामा, पाँचखालमा सन्जय तामाङ, पनौतिमा रामशरण भण्डारी, भुम्लुमा दावा लामा, नमोबुद्धमा कुन्साङ लामा सर्वसम्मत सभापति निर्वाचित भैसक्नुभएको छ।
प्रतिक्रिया दिनुहोस