बंगलादेशमा भएको कराँते प्रतियोगितामा बनेपाका सन्देश मानन्धरलाई स्वर्ण पदक

नौलो समाचार संवाददाता
२०७८ पौष १७, शनिबार मा प्रकाशित १०६४ पटक पढिएको
बंगलादेशमा भएको कराँते प्रतियोगितामा बनेपाका सन्देश मानन्धरलाई स्वर्ण पदक

पुस १७, काभ्रे। बंगलादेशमा सम्पन्न कराँते प्रतियोगितामा काभ्रे बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक जित्नुभएको छ।

बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको अन्तराष्टिय बि.जि. कराँते प्रतियोगिता २०२१ फुलकन्टयाक्ट कराँते पुरुष खुल्ला तौल समुहमा बनेपाका सन्देश स्वर्ण पदक जित्न सफल हुनुभएको हो।

मानन्धर नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते संघकाबाट नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा प्रथम भई अन्तर्राष्ट्रिय जगतमा नेपललाई चिनाउन सफल हुनुभएको छ।

उहाँले यस अगाडि २०७३ मा प्रथम प्राइम मिनिस्टर र थर्ड नेशनल मोइथान च्याम्पियनसिपमा स्वर्ण पदक हासिल गर्नुभएको थियो।

यस्तै पाँचौ किक बक्सिङ प्रतियोगितामा पनि स्वर्ण जित्नुभएको थियो भने आठौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर ३ बाट सहभागी हुँदै स्वर्ण पदक जित्नुभएको थियो।

यसैगरी उहाँले थर्ड केवाक अन्तर्राष्ट्रिय मोइथान च्याम्पियनसिपमा इन्डियालाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको थियो।

त्यसैगरी काभ्रे बनेपाकै अर्का खेलाडी राजेन्द्र थापाले सोहि प्रतियोगितामा रजत पदक जित्नु भएको छ।


प्रतिक्रिया दिनुहोस