चन्द्रगिरि केवलकार बिग्रिँदा फँसेका ४३६ जनाको उद्धार

नौलो समाचार संवाददाता
२०७९ अषाढ २२, बुधबार मा प्रकाशित ४६५ पटक पढिएको
चन्द्रगिरि केवलकार बिग्रिँदा फँसेका ४३६ जनाको उद्धार

असार २२, काठमाडौँ। चन्द्रागिरिको केबलकार बिग्रिँदा भालेश्वर मन्दिरमा फसेका ४३६ जनाको सकुशल उद्धार गरिएको छ।

बेलुका ८ बजेसम्ममा उनीहरूको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो। माथि फसेकाहरुमध्ये १७० जनालाई पैदल हिँडाएर र २६६ जनालाई केवलकार प्रयोग गरी उद्धार गरिएको उहाँले बताउनुभयो।

उहाँले ‘चन्द्रागिरिको केबलकार रोकिँदा भालेश्वर मन्दिरमा फसेका ४३६ जनाको सकुशल उद्धार गरिएको जानकारी दिदै साँझ ८ बजेसम्ममा उनीहरूको उद्दार गरिएको बताउनुभयो।

१७० जनाको पैदल हिँडाएर उद्दार गरिएको हो। २६६ जनाको केबरकारको प्रयोग गरी उद्धार गरिएको हो।

आज बुधबार दिउँसो केवलकारमा समस्या आउँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत चन्द्रागिरि घुम्न गएकाहरु माथि नै अड्किनु भएको थियो। त्यतिबेला बीचमै अड्किएको केवलकार इमर्जेन्सी सेवा सञ्चालन गरेर माथि पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस