माग्ने बुढाको ‘कमेडी हब’ संकटमा

नौलो समाचार संवाददाता
२०७९ अषाढ २६, आईतबार मा प्रकाशित ६६१ पटक पढिएको
माग्ने बुढाको ‘कमेडी हब’ संकटमा

असार २६, काठमाडौं। एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको ‘कमेडी हब’ नामक शो सार्वजनिक हुनु भन्दा अगाडि जती चर्चामा थियो, सार्वजनिक भएपछि धेरैलाई निराश बनायो। हाँस्य कलाकारितामा छुट्टै स्थान बनाएका केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा मिडिया हबले महंगो लगानी गरेर यो शो तयार पारेको हो।

तर, शो बजारमा आएसँगै यसको चर्चा परिचर्चा खासै छैन । टीभीको टिआरपीदेखि युट्युबको भ्यूजमा समेत संकट । यसले, शोको बिषयमा सार्वजनिक भएको केही हप्तामै निर्माता कम्पनी मिडिया हब गम्भिर समीक्षामा जुटेको श्रोतले बताएको छ ।

श्रोतका अनुसार, यो शोका धेरै कुराहरु परिवर्तन गर्नुपर्ने निष्कर्षमा मिडिया हब पुगेको छ । एउटा शो तयार पार्न नै १० लाख भन्दा बढी लगानी भएपनि त्यस अनुसार नतिजा नआएपछि मिडिया हब गम्भिर समीक्षामा लागेको हो ।

आखिर, आम दर्शकले अपेक्षा गरेको यो शो किन खरो रुपमा उत्रन सकेन त ? श्रोत भन्छ–‘शोमा भद्रगोल छ । धेरै कलाकार हुँदा कसलाई के भूमिका दिने भन्नेमा अन्यौल छ । साथमा, निर्देशक केदार र अन्य टिमविच कुरा मिलेको छैन ।’
५० लाख भन्दा बढी लगानी गरेर तयार पारेको भव्य सेटमा केदार पहिलो भागमा ‘माग्ने’कै भूमिकामा देखा परे । फोहोरबाट निस्किएको माग्नेको भूमिकामा उनी देखिदा दर्शकले रुचाएनन् । यो शोका अन्य कलाकारहरु केदारको इन्ट्री भव्य गर्नुपर्ने सोचमा थिए । तर, केदारले उनीहरुको कुरा सुनेनन् । यसले, शो नै संकटमा परेको वुझिएको छ ।

उसो त, बजारमा शो बन्द हुन सक्ने हल्ला चलेपनि त्यसो नहुने शो निकट एक व्यक्तिले मेरो फिल्मलाई जानकारी दिए । तर, सुरुवातका केही भागमा माथि उठ्न नसकेको शोलाई अब बलियो भ्यूज कमाएर माथि उठाउन मुश्किल हुने देखिन्छ । बजारमा केदार नै परिवर्तन हुन सक्ने चर्चा समेत छ । तर, यस बिषयमा निर्माण कम्पनी मिडिया हबले कुनै प्रतिक्रिया दिएको छैन ।

तर, भव्यताका साथ सफल हुने अपेक्षा सहित ३ दर्जन बढी कलाकारको उपस्थितीमा केदार घिमिरेको महत्वकांक्षी प्रोजेक्ट सुरुवातमै असफल हुने बाटोमा लागेको छ । यसले, मिडिया हब र यसको टिमलाई नै गम्भिर संकटमा पारेको भने पक्का हो ।

प्रतिक्रिया दिनुहोस