काभ्रे बनेपाका २ युवायुवती पोखरामा झुण्डिएको अवस्थामा भेटिए

नौलो समाचार संवाददाता
२०७९ अषाढ २८, मंगलबार मा प्रकाशित २३३१ पटक पढिएको
काभ्रे बनेपाका २ युवायुवती पोखरामा झुण्डिएको अवस्थामा भेटिए

असार २८, काभ्रे। काभ्रेको बनेपाका दुई जना युवा पोखरामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो।

उहाका अनुसार उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१० का २८ वर्षीया सुदिना कर्माचार्य र बनेपा ५ का ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ।

घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ। ‘हामीलाई शवबारे आइतबार राति खबर आएको थियो। हिजो प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि पोखरा ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी सुन्दर तिवारीले भने शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

‘इन्डिया जान्छु भनेर घर छोडेका रहेछन्’

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको डिएसपी तिवारीले जानकारी दिनुभयो।तर, भारत नगई पोखरा आएर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको खुलेको प्रहरीले जनाएको छ। ‘असार १४ गतेसम्म उहाँहरु बसेको होटल भेटियो । त्यसपछि उहाँहरु कहाँ बस्नुभयो भन्ने जानकारी छैन,’ डिएसपी तिवारीले भने, ‘यसको मतलब यो घटना १६, १७ गतेको पनि हुन सक्छ । हामी ठ्याक्कै यति दिन पुरानो शव भन्न सक्दैनौं । तर सडे, गल्न थालेकोमा चाहिँ भेटेको हो ।’ घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस