ठेक्का नपरेपछि पनौती नगरपालिकाले कर्मचारी मार्फत कर उठाउदै, राजस्व रकममा अनियमितता हुने आशंका

टिपर रिडिङको सिष्टम तुरुन्त बनाउन नगरप्रमुख भण्डारीको निर्देशन
नौलो समाचार संवाददाता
२०७९ अषाढ ३२, शनिबार मा प्रकाशित १५८९ पटक पढिएको
ठेक्का नपरेपछि पनौती नगरपालिकाले कर्मचारी मार्फत कर उठाउदै, राजस्व रकममा अनियमितता हुने आशंका

असार ३२, काभ्रे। पनौती नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का व्यवस्थापनको लागि पटक पटक सुचना गर्दापनि ठेक्का नपरेपछि आज मध्यराती देखि नगरपालिकाका कर्मचारीले नै राजस्व संकलन गर्ने भएका छन्।

नगर प्रमुख रामशरण भण्डारीका अनुसार पछिल्लो सुचना अनुसार बोलपत्र पेश गर्ने अन्तिम मिति श्रावण १० गते सम्म राखिएको छ। रिटेण्डर अनुसार १० गते सम्म ठेक्का कबोल गर्नेले बोलपत्र दाखिला गर्ने समयावधि १० गते भएपनि ठेक्का नलागेसम्म कर्मचारीले नै राजस्व संकलन गर्न लागिएको हो।

यस अघि पनि कर्मचारी मार्फर रकम संकलन गर्दा राजस्व रकम हिनाविना भएको भन्दै नगरपालिका बदनाम भैसकेकोले यस्तो बदनामी रोक्न नगरप्रमुख भण्डारीले कर्मचारीहरुलाई कढा निर्देशन दिएको स्रोतको भनाई छ। कर्मचारी मार्फत राजस्व संकलन गर्दा हिनाविना हुने कार्य रोक्न स्थानिय प्रहरी प्रशासनको समेत सहयोग आवश्यस रहने नगरप्रमुख भण्डारी बताउनुहुन्छ। नगरप्रमुख भण्डारीले राजस्व संकलनमा हुने बदमासि रोक्न नागरिक समाजलाई समेत निगरानी बढाउन आग्रह गर्नुभएको छ।

सरदर एक टिपरको ३ हजार ५० रुपैया कर उठ्छ। अहिले दैनिक ८ सय भन्दा बढी मालवहाक टिपर गुड्ने गर्छ। कर संकलन केन्द्रमा सिसि क्यामरा राख्नु पर्ने, नगरकका उच्च कर्मचारीले प्रभावकारी अनुगमन गर्नुपर्ने भएपनि पनौती नगरको फितलो प्रसाशन भएको कारण नियमन कार्य प्रभावकारी हुनेमा शंक उत्पन्न भएको छ। कर्मचारीले राजस्व संकलन गर्दा दैनिक लाखौ रुपैया हिनाविना हुने गरेको यस अघि पनि चर्चा हुने गरेको थियो।

खानिजन्य बस्तुको कर संकलनको लागि नगरपालिकाले यो आर्थिक वर्षको लागि करिब ३२ करोड रुपैयाको टेण्डर आव्हान गरेको थियो। टेण्डर नपरेपछि नगरपालिका संग अब दुई विकल्प मात्र बाकि रहने छ। पहिलो अमानतमा कर संकलन गर्ने, दोस्रो खानी बन्द गर्ने। खानि बन्द गर्दा फेरी खोल्न गा¥हो हुने भएकोले नगरपालिकाले पहिलो विकल्प कर्मचारी मार्फत नै राजस्व संकलन गर्ने नीति लिएको हो।

आज मध्यराती १ वजे देखि नगरपालिकाका कर्मचारीले राजस्व संकलन गर्न शुरु गर्नु पर्ने भएपनि भोली विहान ४ वजे पछि मात्र राजस्व संकलनको लागि कर्मचारी खटिन लागेको स्रोतको भनाई  । पनौती क्षेत्रमा रातीको समयमा मालवहाक टिपर बढी गुड्ने भएकोले राजस्व संकलन गर्न एक घण्टा ढिला गर्दा पनि लाखौ रुपैया गुम्न सक्छ।

कर्मचारीले राजस्व संकलन गर्न थालेपछी टिपरहरुले कर छल्न बैकल्पिक बाटो प्रयोग गरेको थाहा पाएमा नगरपालिकाले आगामी दिनमा त्यहि बाटो बाट टिपर सञ्चालन गराउने रणनीति लिएको छ। टिपर सञ्चालनको लागि सडकको विषयले पनौती नगरमा पटक पटक विवाद भैरहने गरेको छ। टिपरको सहज सञ्चालनको लागि वैकल्पिक सडक निर्माणको लागि उडाइएको रकम न्युन मात्र खर्च भएको छ। सडक निर्माणको लागि पनौती नगरले प्रति टिपर ५ सय ६५ रुपैया उठाउदै आएको छ। यो हिसावले वार्षिक करोडौ रुपैया संकलन हुन्छ।
राजस्व संकलन गर्न नगरपालिकाबाट तीन सिप्टमा कर्मचारी खटाउने बताइएको छ। कर्मचारीको वदमासि रोक्न टिपर रिडिङको सिष्टम तुरुन्त बनाउन पनि नगरप्रमुख भण्डारले निर्देशन दिएको स्रोतको भनाई छ।


प्रतिक्रिया दिनुहोस