पनौती मल्पीमा अबिरल वर्षाका कारण घर भत्कियो

नौलो समाचार संवाददाता
२०७९ भाद्र १२, आईतबार मा प्रकाशित ६१४ पटक पढिएको
पनौती मल्पीमा अबिरल वर्षाका कारण घर भत्कियो

भदौ १२, काभ्रे। अबिरल वर्षाका कारण पनौती मल्पीमा घर भत्किएको छ।

शनिबारदेखि परेको अबिरल वर्षाका कारण  पनौती वडा नम्बर-८ स्थित मल्पीमा एक घर भत्किएको हो।

मल्पीका प्रकाश मग्रातीको दुई तल्ले कच्ची घर आज बिहान भत्किएको हो। घर भत्कदा मानवीय क्षती भने हुन पाएँन।

पनौती नगर प्रमुख रामशरण भण्डारीले घटनाको अनुगमन गर्दै पिडित मग्रातीलाई राहत प्रदानका लागी पहल गर्ने बताउदै नआत्तिन आग्रह गर्नुभयो।

यस्तै, वडा अध्यक्ष बेदप्रसाद बन्जाराले पनि सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मग्रातीको घर भित्रका सामान निकाल्न प्रहरी चौकी पनौतीका सुरक्षाकर्मी र स्थानीयले सहयोग गरेका थिए।


प्रतिक्रिया दिनुहोस