आर्शु स्मृति प्रतिष्ठानद्धारा बालिकालाई शैक्षिक सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७९ भाद्र १२, आईतबार मा प्रकाशित ४१३ पटक पढिएको
आर्शु स्मृति प्रतिष्ठानद्धारा बालिकालाई शैक्षिक सामाग्री सहयोग

भदौ १२, काभ्रे। आर्शु स्मृति प्रतिष्ठान नेपालले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।

काभ्रेको बुडोलमा रहेको ‘परिबर्तनका लागि हामी परिवार’लाई शैक्षिक सामाग्री तथा ट्र्याकसुट सहयोग गरेको हो।

आर्शु स्मृति प्रतिष्ठानको आयोजना र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा उक्त सहयोग गरिएको आर्शु स्मृति प्रतिष्ठानका संस्थापक रुपेश काफ्लेले जानकारी दिनुभयो।

छोरी आर्शुको सम्झनामा वर्षैभरी विभिन्न सेवामुलक कार्यक्रम गरिरहेको आर्शु स्मृति प्रतिष्ठानका संस्थापक काफ्लेले बताउनुभयो। एक छोरीको पिडा र सम्माझनामा आफुले हजारौँ छोरीको मुहारमा खुसी ल्याउने प्रयास गरिरेको उहाँको भनाई छ। छोरीको सम्झनामा सेवामुलक कार्य गर्दा आफूलाई खुसी मिल्ने काफ्ले बताउनुहुन्छ। छोरीकी सम्झनामा उहाँले ‘आर्शु स्मृति प्रतिष्ठान नेपाल’ को स्थापना गर्नुभएको हो।

परिबर्तनका लागि हामी परिवारमा रहेका ८ बालिकालाई शैक्षिक सामाग्री र ट्र्याक सहयोग गरिएको हो।

रुपेश काफ्लेकी दुई वर्षिया छोरी आर्शु काफ्लेको २०७८ साल फागुन २६ धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

आर्शुको निधन पश्चात प्रत्येक महिना एक जना असाहयको नि:शुल्क उपचार गर्नेगरी धुलिखेल अस्पतालसंग सहकारी गरिएको छ। त्यसका लागि आर्शु स्मृति प्रतिष्ठान नेपालले सिफारिस गरेको व्यक्ति हुनु पर्नेछ।

अहिलेसम्म आर्शु स्मृति प्रतिष्ठान नेपालले सिफारिस गरेको २ जनाले धुलिखेल अस्पतालबाट नि:शुल्क उपचार गराईसका छन्।

प्रतिक्रिया दिनुहोस