युवा संघका दर्जनौं युवाहरु नेपाल तरुण दलमा प्रवेश

नौलो समाचार संवाददाता
२०७९ भाद्र २७, सोमबार मा प्रकाशित ४०२ पटक पढिएको
युवा संघका दर्जनौं युवाहरु नेपाल तरुण दलमा प्रवेश

भदौ २७, काभ्रे। पछिल्लो समय नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलमा युवाहरुको आबद्धता हुने क्रम बढेर गएको छ। तरुण दल काभ्रेको सक्रियतामा युवा संघका दर्जनौं युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेका छन्।

नेपाल तरुण दल काभ्रेको आयोजनामा बृहत तरुण भेलामा युवा संघ बनेपा नगर कमिटीका उपाध्क्ष रने बाहादुर तामाङको नेतृत्वमा दर्जनौं युवाहरुको समूह तरुण दलमा प्रवेश गरेको छ।

नवप्रवेशी युवालाई नेपाल सरकारका गुहमन्त्री तथा नेपाली केन्द्रीय सदस्य बालकृष्ण खाणले स्वागतगर्नु भएको थियो।

नेपाल तरुण दल काभ्रेले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रकुमार यादव, केन्द्रीय सदस्य रमा कोइराला, केन्द्रीय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य गणेश लामा, बाग्मति प्रदेश महामन्त्री कन्चन चन्द्र बादे, काभ्रे जिल्ला सभापति तिर्थ लामा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, बाग्मती प्रदेश कार्यसमिति सदस्य गुमानसिं तामाङ, तरुण दल प्रदेश कार्यसमितिका सभापति गोर्खा लामा लगायतको उपस्थिीती रहेको थियो।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका नेपाल तरुण दल काभ्रेका अध्यक्ष दावा लामाको सभापतित्व रहेको भेलाले कार्यवाहक सभापतिको जिम्मेवारी सुजन लामालाई दिएको थियो।


प्रतिक्रिया दिनुहोस