काभ्रेली संचारकर्मीसंग बेलरको शुभकामना आदानप्रदान, २० हजारसहित सम्मान प्रदान गर्ने थापाको घोषणा

नौलो समाचार संवाददाता
२०७९ आश्विन ९, आईतबार मा प्रकाशित ५७४ पटक पढिएको
काभ्रेली संचारकर्मीसंग बेलरको शुभकामना आदानप्रदान, २० हजारसहित सम्मान प्रदान गर्ने थापाको घोषणा

असोज ९, काभ्रे। बनेपाको बेलर इनटरेशनल एकेडेमीले काभ्रेका संचारकर्मीसंग शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ।

बेलर इनटरेशनल एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा २०७९ सालको बिजया दशमी, दीपावली एवं छठ पर्वको अबसरमा नेपाल पत्रकार महासंघ काभ्रेका अग्रज व्यक्तित्व, महासंघका वर्तमान तथा निवर्तमान अध्यक्ष, पदाधीकारी, सदस्य लगायत बेलरका पदाधिकारीहरु विच शुभकामना आदानप्रदान गरिएको थियो।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बेलर इनटरेशनल एकेडेमीका संस्थापक प्रमूख भोला थापाले आफ्ना स्व. बुवा खड्गबहादुर थापा र स्व. आमा मैया थापाको स्मृतिमा हरेक बर्ष नेपाल पत्रकार महासंघ मार्फत मापदण्ड बनाएर १ जना काभ्रेली पत्रकारलाई २० हजार बराबरको पुरस्कारले सम्मान गर्ने घोषणा गर्नुभएको छ। उक्त सम्मानले काभ्रेली संचारकर्ममा खटिएका संचारकर्मीलाई थप हौसला प्रदान गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रेका नवनिर्वाचित सभापति रघुनाथ हुमागाईंलाई बेलर इनटरेशनल एकेडेमीका तर्फबाट सम्मान गरिएको थियो। यस्तै पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनालाई पनि एकेडेमीले सम्मान गरेको छ।

सो कार्यक्रममा बेलर इनटरेशनल एकेडेमीले ब्याचलर इन प्रोफेशनल हस्पिटालिटी (बिपिएच) कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराईएको थियो। काठमाडौं विश्वविद्यालय र ग्लेसियर एजुकेशनल फाउन्डेसन बेलर इन्टरनेशनल एकेडेमी, बनेपाको होल्डिङ कम्पनीको संयुक्त कार्यक्रममा यो सञ्चालनमा आएको बेलर एकेडेमीका प्रिन्सिपल इन्दु थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस