शारदा उच्च मावि सुन्थानद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ आश्विन १०, सोमबार मा प्रकाशित ५६७ पटक पढिएको

शारदा उच्च मावि सुन्थानद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

असोज १०, काभ्रे। पनौती-९ सुन्थानस्थित शारदा उच्च माविले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आईतबार विद्यालय प्राङ्गणमा नजिकिएको बडा दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रमको  आयोजना गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी रहनु भएको थियो।

पनौती वडा नम्बर-९ अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहकुलकुमार हुमागाईंको सभापतित्वमा भएको कार्यक्रममा सिविन नेपाल पस्थलीका निर्देशक भगवती श्रेष्ठ, नगर प्रमुखको सचिवालय प्रमुख राजेसराज महतलगायत अतिथिको रुपमा रहनुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रेका नव निर्वाचित सभापति रघुनाथ हुमागाईंलाई विद्यालयद्वारा सम्मान गरिएको छ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख भण्डारीले प्राविधिक शिक्षालाई जोड दिने नगरपालिकाको नीति अनुरुप शारदा उच्च माविलाई पनि प्राविधिक विद्यालयको रुपमा स्थापित गराउने लक्ष्य रहेको बताउनुभयो। छिट्टै ई-लर्निंङ कक्षा सुरु गर्ने बताउदै उहाँले विद्यार्थीका लागि गुणस्तरीय दिवा खाजाको लागि केहि संस्थाहरुसंग छलफल भैरहेको पनि बताउनुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहरी खत्री, सहायक प्रधानाध्यापक मदनसुन्दर गोच्छेलगायत शिक्षक-शिक्षिकाले शुभकामना मतब्य राख्नुभएको थियो।

साथै कार्यक्रममा जेहेन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो। ११ जना छात्र छात्राहरुलाई ब्याग र शैक्षिक सामाग्री वितरण गरिएको थियो।

सो अवसरमा साताव्यापी रुपमा सम्पन्न विभिन्न खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। सो अवसरमा  सांस्कृतिक कार्यक्रम पनि भएको थियो।

कार्यक्रम संचालन विद्यालयका शिक्षक राजु ताम्राकारले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस