काभ्रेमा दशैंभर टिपर सञ्चालनमा रोक

नौलो समाचार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार मा प्रकाशित ३१७ पटक पढिएको
काभ्रेमा दशैंभर टिपर सञ्चालनमा रोक

असोज १४, काभ्रे। दशैंको अवधिभर काभ्रेमा टिपर सञ्चालनमा गर्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले आज असोज १४ गतेदेखि २४ गतेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

चाडपर्वको समयमा सडकमा यातायात व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।

चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा अनलाईन टिकेटिङ् र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी/गराई यात्रा व्यवस्थापन लगायतका कार्यहरु गर्ने र सवारी दुर्घटना न्यूनीकरणका लागी कार्यक्रम गर्ने कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहितको बैठकले अरनिको र विपी राजमार्गमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधनका लागि टाइम कार्ड लागु गर्ने निर्णय पनि गरेको छ। यस्तै सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गर्ने, यात्रु सिट क्षमताका आधारमा यात्रा गराउन स्वयं सेवकहरुको परिचालन गर्ने, यातायात भाडादरलाई पारदर्शी बनाउने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस