समानुपातिकमा एमालेको १ लाख ३३ हजार मत नाघ्यो, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि

नौलो समाचार संवाददाता
२०७९ मंसिर ६, मंगलबार मा प्रकाशित १२६० पटक पढिएको
समानुपातिकमा एमालेको १ लाख ३३ हजार मत नाघ्यो, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि

मंसिर ६, काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्‍याएकाे छ।

अहिलेसम्म एमालेले १ लाख ३३ हजार ३९२ मतसहित अग्रता कायम राखेको छ।

यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले १ लाख १६ हजार २७३ मत प्राप्त गरेको छ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। उसले ५८ हजार ९६४ मत प्राप्त गरेको छ।

माओवादी केन्द्र भने चौथो स्थानमा झरेको छ। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ५४ हजार ९०९ मत प्राप्त गरेको छ।

यस्तै, पाँचौँ स्थानमा रहेको राप्रपाले ३१ हजार ९०४ मत प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस