काभ्रे क्षेत्र नम्बर-२ को प्रदेश सभा १ को रोकिएको मतगणना पुनः सुरु

नौलो समाचार संवाददाता
२०७९ मंसिर ७, बुधबार मा प्रकाशित १३७१ पटक पढिएको

काभ्रे क्षेत्र नम्बर-२ को प्रदेश सभा १ को रोकिएको मतगणना पुनः सुरु

मंसिर ७, काभ्रे। काभ्रेमा रोकिएको मत गणना पुन: सुरु भएको छ।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ को प्रदेश सभा १ को मत गणना रोकिएको थियो।

पाँचखाल नगरपालिका वडा नम्बर-७ को मतगणना गर्दा मुचुल्काभन्दा बढी मतपत्र भएपछि मतगणना केहि समय रोकिएको हो।

वडा नम्बर ७ मा मतदान अधिकृतले बुझाएको विवरणमा १ हजार २१५ मत थियो। तर गणना गर्दा १ हजार ३१७ आएको छ।

मुख्य निर्वाचन अधिकृत तथा दलका प्रतिनिधि विचको छलफल पछी पुनः मतगणना सुरु भएको हो।

समस्या समाधान गर्न भन्दापनि एकलौटी गर्न खोजेको दलका प्रतिनिधिहरुले बताएका छन् । समस्या समाधान नभएसम्म मतगणना अघि नबढ्ने दलका नेताहरूलू बताएका छन् ।

पाँचखाल नगरपालिकाको वडा ८, ९ र १० को पनि मतगणना सकिएको छ।

गनिएको मतमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्सालले ६ सय मत सहित अग्रता लिईरहनु भएको छ भने  लम्साललाई एमालेका कुमार खकुरेलले पछ्याई रहनुभएको छ।


प्रतिक्रिया दिनुहोस