अन्तर स्कूल एकल नृत्य प्रतियोगितामा एभरेष्ट एकेडेमीकी यसोधा नेपाली प्रथम

नौलो समाचार संवाददाता
२०७९ पौष २, शनिबार मा प्रकाशित ९२० पटक पढिएको
अन्तर स्कूल एकल नृत्य प्रतियोगितामा एभरेष्ट एकेडेमीकी यसोधा नेपाली प्रथम

पुष २, काभ्रे।  बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएकाे छ।

शुक्रबार इसा मेमोरियल स्कूल बनेपामा भएकाे एकल नृत्य प्रतियोगितामा २० वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे।

प्रतियोगितामा एभरेष्ट एकेडेमीकी यसोधा नेपाली प्रथम, सिदार्थ सेकेन्डरी स्कूलकी स्मारिका तामाङ द्वितीय, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानकी एञ्जल कार्की तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।

यस्तै, बिद्या सागर स्कूलकी सम्बृदी लम्सालले सान्त्वना स्थान प्राप्त गरेकी छिन भने लिन इन्टरनेशनल स्कूलले बेष्ट ड्रेसअप, एभरेष्ट एकेडेमीले बेष्ट कोरियोग्राफी र बेलर इन्टरनेशनल एकेडेमीले पपुलर डान्सकाे उपाधि प्राप्त गरेका छन्।

काभ्रे प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम इसा मेमोरियल स्कूल बनेपाका प्रबन्ध निर्देशक नारायण जोशीकाे संयोजकत्वमा भएकाे थियाे।

कार्यक्रममा बाेल्दै कार्यक्रम संयोजक बनेपा प्याब्सनका कोषाध्यक्ष नारायण जोशीले साना साना विद्यार्थी भाईबहिनीको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले कार्यक्रम आयाेजना गरिएकाे बताउँदै आगामी दिनमा पनि अन्य कार्यक्रम हुने बताउनुभयो।

बनेपा प्याब्सनका सचिव शरणकुमार मानन्धरले संचालन गरेकाे कार्यक्रम बनेपा प्याब्सनका अध्यक्ष कुमार मानन्धरकाे सभापतित्वमा भएकाे थियाे।

एकल नृत्य प्रतियोगितामा तलका निम्न २० वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे।

१, काभ्रे मा बि
२, ज्ञानज्योती इंलिश सेकेन्डरी स्कुल
३, प्रगती प्रभात एकेडेमी
४, ज्योती एकेडेमी
५, एनोभेटिब एकेडेमी
६, स्पृङ हिल सेकेन्डरी स्कुल्
७, क्षितिज इंलिश सेकेन्डरी स्कुल
८, बग्मती इंलिश सेकेन्डरी स्कुल्
९, लिन इन्टरनेशनल बोर्डिङ स्कूल
१०, एभरेष्ट एकेडेमी
११, ओर्किड इन्टरनेशनल बोर्डिङ एकेडेमी
१२, इसा मेमोरियल स्कूल
१३, साङा इंलिश मेदिम सेकेन्डरी स्कुल्
१४, सिद्धार्थ स्कुल्
१५, विध्या सागर स्कुल्
१६, बाल बटिका विध्या मन्दिर
१७, बेलर इन्टरनेशनल एकेडेमी
१८, ग्रेसल्यान्ड सेकेन्डरी स्कुल्
१९, फोर्गिङ द फियुचर एकेडेमी
२०, ज्ञानकुन्ज शैछिक प्रतिस्थान


प्रतिक्रिया दिनुहोस