काभ्रेको बेथानचोक नारायणस्थान पुग्न अब ‘केवलकार’

नौलो समाचार संवाददाता
२०७९ पौष ८, शुक्रबार मा प्रकाशित ३१२० पटक पढिएको

काभ्रेको बेथानचोक नारायणस्थान पुग्न अब ‘केवलकार’

पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ।

बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ।

बेथानचोक गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउन ‘ड्रिम प्रोजेक्ट’ रुपमा केवलकारको योजनालाई अगाडी सारिएको छ।

आज गाउँपालिका कार्यालयमा आयोजित केवलकार सम्भाव्यता अध्ययन टोलीका इन्जिनियरहरु, गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयसंग छलफल तथा अन्तरक्रिया गरिएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पर्यटनको आकर्षक गन्तब्यको रुपमा परिचित बेथानचोक नारायणस्थान र पालिकाका अन्य क्षेत्रमा प्रचुर सम्भावना देखेर नै आफुले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा केवलकारलाई लिएको बताउनुभयो।

यसमा पर्यटन तथा व्यवशायी पनि उत्साहित रहेको बताउदै अध्यक्ष अधिकारीले यो केवलकारको प्रोजेक्ट गाउँपालिका कार्यालयको मात्र योजना नभई समग्र पालिकावासीको लगानी रहने ठुलो योजना भएको बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिना, वडा नम्बर ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का राजकुमार वाइवा लगायत वडा सदस्य, कार्यपालिका सदस्य तथा स्थानियाहरुको उपस्थिति रहेको थियो।

केवलकारका लागि ९ वटा टावरहरु रहने तथा नारायणस्थानसम्मको दुरी करिव ३ किलोमिटर रहने इन्जिनियर ज्ञान तिमल्सिनाले जानकारी दिनुभयो।

केवलकार सम्भाव्यता अध्ययनकै सिलसिलामा यसको प्रारम्भिक अनुमानित लागत ३ अर्व लाग्ने जानकारी दिईएको छ।

अन्नपूर्ण केवलकार लगायत देशका विभिन्न ठाउँमा केवलकार स्थापना गरिसकेको इन्जिनियरहरुको टोलीले बेथानचोक नारायणस्थानमा पनि अध्ययन गरी प्रतिवेदन प्रस्तुत गरेको हो।


प्रतिक्रिया दिनुहोस