कोइलामा पोलेको सेकुवाको स्वाद अब पनौतीमै

नौलो समाचार संवाददाता
२०७९ फागुन २२, सोमबार मा प्रकाशित १६७८ पटक पढिएको
कोइलामा पोलेको सेकुवाको स्वाद अब पनौतीमै

फागुन २२, काभ्रे। पोलेको झिर सेकुवा पारखीहरुका लागि अब पनौतीमै सेकुवा कर्नर खुलेको छ।

पनौती बसपार्कबाट कुशादेबी रोडको सुमेश हार्डवेयर नजिकै रहेको ‘काकाको सेकुवा कर्नर एण्ड कफी शप’ मा कोइलामा पोलेको झिर सेकुवासंगै विभिन्न फास्ट फुड तथा कफीको स्वाद लिन सकिनेछ।

कोइलामा पोलेको मटन सेकुवा, चिकेन सेकुवा, पोलेको माछा र मुस्ताङको पोलेको आलुको भरपुर स्वाद लिन पाईनेछ।

कोइलामा पोलेको झिर सेकुवा पनौतीमै नौलो र पहिलो भएको संचालक रोशन भारतीले बताए।

आफुहरुकोमा बफ आइटम केहि नपाईने पनि उनले जानकरी दिए।

विभिन्न प्रकारका सेकुवाको स्वाद लिदै लाईभ गित-संगीतको मज्जा लिन सकिने संचालक भारतीको भनाई छ।

दक्ष कुकले अर्डर अनुसारको विभिन्न स्वादिलो परिकार बनाउने र आफुहरु सुरुवाती चरणमा रहेको र ग्रहाकलाई सन्तुष्ट पार्न हरदम प्रयास गर्ने उनको भनाई छ। खान तथा किचेनको सफाईमा बिशेष ध्यान दिने गरेको संचालक भारतीले बताए।

यहाँ बर्थडे पार्टी, साथिभाई गेटटुगेदर गर्न सकिने र एक हजार सम्मको बिलमा १५ प्रतिशत छुटका साथै विभिन्न ड्रिंक्सहरुमा अरुभन्दा सहुलिय मूल्य रहेको संचालक भारतीले बताए।

६ वर्ष बैदेशिक रोजगारबाट फर्केका पनौती ख्याकुका भारतीले स्वदेशमै केहि गर्ने उद्देश्यले होटल व्यवशाय तर्फ लागेको बताए।

‘काकाको सेकुवा कर्नर एण्ड कफी शप’ लाई माथिल्लो तल्ला पनि थपेर अझै बिस्तार गरेर लैजाने सोचाई रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस