नमोबुद्धका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नौलो समाचार संवाददाता
२०८० श्रावण २२, सोमबार मा प्रकाशित ६९९ पटक पढिएको
नमोबुद्धका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

साउन २२, काभ्रे। नमोबुद्ध नगरपालिकाका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

स्वास्थ्य सेवा विभाग मार्फत नगरपालिकाका सबै स्वास्थ्य संस्थामा माग बमोजिम अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स अक्सिमिटर ३ वटा, सिटामोल ३ हजार चक्की, आइरन चक्की १२ हजार, सर्जिकल माक्स ४ हजार थान र एन ९५ माक्स २ हजार वटा हस्तान्तरण गरिएको हो । समाजसेवी विशाल तामाङ, रघुनाथ धिताल लगायतले समन्वय गर्नुभएको थियो।

आइतबार नै ती स्वास्थ्य सामाग्री सम्बन्धित स्वास्थ्य संस्था प्रमुखलाई नगर प्रमुख कुनसाङ लामाले हस्तान्तरण गर्नुभयो।

स्वासप्रश्वासका विरामी बढ्दै गएको र कोरोना लगायतको जोखिम उत्तिकै रहेको भन्दै ती सामाग्री उपयोगी हुने भन्दै नगर प्रमुख लामाले समन्वय गर्ने र प्रदान गर्ने सबैमा आभार प्रकट गर्नुभयो।

हस्तान्तरण कार्यक्रममा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारी लगायतको उपस्थिती थियो।


प्रतिक्रिया दिनुहोस