बनेपा/ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु हुदैछ ।
‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । असोज १९ शुक्रवारदेखि कार्तिक ४ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिए । उनका अनुसार, महोत्सव स्थलमा स्टल निर्माण, मञ्च सजावट, अतिथि आमन्त्रण तथा अन्य व्यवस्थापकीय काम अन्तिम चराणमा पुगेको आयोजकले जानकारी दिएको छ । महोत्सव बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले उद्धघाटन गर्ने कार्यक्रम छ । उद्धघाटनअघि बनेपा पार्टी भेन्यु देखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच , झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा ¥याली हुनेछ ।
महोत्सवमा बिभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहनेछ ।
प्रतिक्रिया दिनुहोस