बेलरका विद्यार्थीलाई स्वागत र विदाइ एकसाथ

नौलो समाचार संवाददाता
२०८० आश्विन २४, बुधबार मा प्रकाशित ४१३ पटक पढिएको
बेलरका विद्यार्थीलाई स्वागत र विदाइ एकसाथ

बनेपा/ बेलर इन्टरनेशनल एकेडेमीले २०८० सालमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत र उत्तीर्णलाई एकसाथ बिदाइ गरेको छ ।

एक औपचारिक कार्यक्रम आयोजना गरेर बेलरले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको हो । बुधवार व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम अध्ययन गर्ने विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको थियो ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, बनेपा वडा नम्बर ७ का अध्यक्ष हिटलर शाक्य, विद्यालयका अध्यक्ष भोला थापा, प्रबन्ध निर्देशक पवनकुमार थापा, प्रिन्सिपल इन्दु थापा लगायतले उनीहरुलाई स्वागत गरेका थिए । असोज २४, २५ र २६ गते संकायगत छुट्टाछुट्टै कार्यक्रम गरेर स्वागत र विदाइ गरिने विद्यालयले जनाएको छ ।

विद्यालयमा यो बर्ष बिज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ मा ६ सय २८ विद्यार्थी भर्ना भएर अध्ययनरत छन् । यो बर्ष बिज्ञान संकायतर्फ १ सय २ र व्यवस्थापन संकाय तर्फ २ सय ७६ विद्यार्थी कक्षा १२ उत्तीर्ण भएका थिए । ४ सय ४५ जना कक्षा १२ मा अध्यनरत छन् ।

कार्यक्रममा वडा अध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष महेशराज पौडेल, मोतीराम तिमल्सिना, रोटरी क्लब अफ पनौतीका अध्यक्ष मधुसूधन गुरागाइ, बिद्यालयका प्रिन्सिपल इन्दु थापा, शिक्षक विकास बजगाईले बेलर एकेडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस