नमोबुद्ध वडा नं ३ ले नै व्यवस्था गर्यो विद्यालय पोशाक

नौलो समाचार संवाददाता
२०८० आश्विन २६, शुक्रबार मा प्रकाशित ११५३ पटक पढिएको
नमोबुद्ध वडा नं ३ ले नै व्यवस्था गर्यो विद्यालय पोशाक

चरुवा/ नमोबुद्ध नगरपालिका वडा नं ३ का सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक व्यवस्थापन गरिएको छ ।

वडा भित्रको श्रीराम माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत, महांकाल आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई विद्यालय पोशाक निशुल्क उपलव्ध गराइएको हो ।

वडा कार्यालयबाट विनियोजित रकमका साथै आफ्नो व्यक्तिगत लगानी समेत गरी ५ लाखको लागतमा स्कुल सर्ट, पाइन्ट र टाइ वितरण गरिएको वडा अध्यक्ष रमेश तिवारीले जानकारी दिए । ‘वडाका सबै विद्यालयमा पोशाकमा एकरुपता होस् भनेर वडाले सहयोग गरेका हौं,’ वडाअध्यक्ष तिवारीले भने । वडाले चार वटै विद्यालयका सबै कक्षामा उत्कृष्ट हुने ३ जनालाई पुरस्कार पनि व्यवस्था गरेको थियो ।


प्रतिक्रिया दिनुहोस