एकताले मात्रै काभ्रे कांग्रेस बलियो बनाउन सम्भव छ : मन्त्री तीर्थ लामा

नौलो समाचार संवाददाता
२०८० आश्विन २७, शनिबार मा प्रकाशित ५६७ पटक पढिएको
एकताले मात्रै काभ्रे कांग्रेस बलियो बनाउन सम्भव छ : मन्त्री तीर्थ लामा

काठमाडौं \ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले सबैको एकताले मात्रै काभ्रे कांग्रेसलाई बलियो बनाउन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समितिको प्रदेश सभा १(क) कार्यसमितिले नेपाली कांग्रेस काभ्रेको प्रदेश सभा १ (क) क्षेत्रीय कार्यसमितिको समन्वयमा विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेकोे शुभकामना आदान–प्रदान र बार्षिक समिक्षा कार्यक्रममा बोल्दै काभ्रे कांग्रेसका सभापति रहेका लामाले पार्टी बलियो बनाउनको लागि टोल तहसम्म संगठन निर्माणको लागि लाग्नुपर्ने बताए ।

दशैं, तिहारलगायतका पर्व सबै जात, धर्म, वर्गलाई समेट्ने पर्वको रुप रहेको भन्दै उनले जातीय एकता कायम गर्दै द्वेष, विभेद हटाउनको लागि फलदायी हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश सदस्य गुमानसिं लामा, जिल्ला सचिव गुणराज मोक्तान, प्रवक्ता सन्तमान लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, महाधिवेशन प्रतिनिधी इश्वरी ओझा, महाधिवेशन प्रतिनिधी दुर्गामाया तामाङ, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस भुम्लुका सभापति समेत रहेका भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), नेपाली कांग्रेस रोशीका सभापति दुधराज तामाङ, तरुण दल केन्द्रीय सदस्य स्मिता मोक्तान, नेपाल तरुण दल प्रदेश सभा १ (क) का सभापति रामध्वज लामा, नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति प्रदेश सभा १ (क) का सभापति राजन लामा, रोशी- काठमाडौ सम्पर्क समितिका सभापति मनिष बल, नेपाली कांग्रेस महाभारत -काठमाडौं सम्पर्क समितिका सभापति कान्छामान मोक्तान लगायतले कांग्रेस र संगठन बारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति प्रदेश सभा १(क) को तर्फबाट सचिव दुर्गा घलानले सांगठनिक, राजनीतिक प्रतिवेदन प्रस्तुत गरी त्यस माथि छलफल चलाइएको थियो । कार्यक्रममा सम्पर्क समितिका गतिविधीहरुमा सहयोग गरेको भन्दै नेपाल तरुण दल प्रदेश सभा १ (क) का सभापति रामध्वज लामालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस