आइतबार ज्योती मगरले तताइन् बनेपा, बनेपा महोत्सवमा दैनिक कलाकारको प्रस्तुती

नौलो समाचार संवाददाता
२०८० आश्विन २८, आईतबार मा प्रकाशित १३०२ पटक पढिएको

आइतबार ज्योती मगरले तताइन् बनेपा, बनेपा महोत्सवमा दैनिक कलाकारको प्रस्तुती

बनेपा – असोज १९ गतेदेखि शुरु भएको बनेपा महोत्सवमा आइतबार कलाकार ज्योती मगरले आफ्नो प्रस्तुती मार्फत बनेपा तताइन् । सधैझै छोटा कपडा र आकर्षक प्रस्तुतीमार्फत दर्शक आकर्षित गर्ने ज्योतीका हरेका गितमा महोत्सवमा उपस्थित सबैको हुटिङ पाइन् । उनको प्रस्तुतीमा दर्शकले साथ दिइरहे,कोही नाचे त कोहीले फोटो,भिडियो खिचे ।

ज्योतीले गाएको ‘चोली भित्र के छ………’, ‘ढाडे बिरालो………’, ‘उहीँ मुलाको सिन्कि………’, ‘जाले रुमाल……..’ र ‘जिम्मल बाउकि छोरी ……..’ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।

महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारले प्रस्तुती दिइरहेका छन् । महोत्सव अबलोकन गर्न आउने दर्शकले विभिन्न गायक तथा कलाकारको प्रस्तुतीबाट मनोरञ्जन लिइरहेका छन् । पहिलो दिन गायिका प्रिति आले, महेश मुखिया, धनपति दाहाल, यमकुमार मल्ल र मन्दिरा केसी लगायत स्थानीय प्रतिभावान कलाकारले आफ्नो प्रस्तुती दिए । दोस्रो दिन गायक कर्णराज गिरी, रामहरी न्यौपाने, सरु गौतम, रमेश श्रेष्ठ (मेलोडी) लगायतको प्रस्तुतीमा दर्शकले मनोरञ्जन लिए ।

हालसम्म महोत्सवमा चर्चित लोकदोहोरी गायिका प्रतिमा अर्याल, गायक दुर्गेश थापा, रमेश प्रसाई र कल्पना दाहाल, एलिना चौहान, रचना रिमालले आफ्नो प्रस्तुतीमार्फत दर्शकलाई मनोरञ्जन दिएका छन् । साथै कलाकारहरु बेनिसा पौडेल, सुरेन्द्र श्रेष्ठ, उत्कर्ष दाहाल, मानस राज, विशाल थिङ, श्रवण रिमाल, योजना खड्गी, कुसुम गुरुङ, एञ्जिला रेग्मी, विक्रम सुवाल, रिता केसी, मदन विष्ट, मुना रोक्का, सुर्यमणि आचार्य, अस्मिता खनाल लगायतले प्रस्तूती दिएका छन् ।

महोत्सव आयोजक संस्था बनेपा व्वाइज क्लवका अध्यक्ष महेशकुमार कर्माचार्यका अनुसार, प्रत्येक दिन चर्चित कलाकारले प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गरेका छन् ।

महोत्सव कार्तिक ४ गतेसम्म चल्नेछ । दशैंको विदा शुरु भएको कारण महोत्सवमा चहलपहल समेत बढेको छ ।


प्रतिक्रिया दिनुहोस