दशैंको मुखमा १५ सय घरधुरीलाई चामल सहयोग

नौलो समाचार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार मा प्रकाशित १२८६ पटक पढिएको

दशैंको मुखमा १५ सय घरधुरीलाई चामल सहयोग

नमोबुद्ध\ विजया दशमीको सन्दर्भ पारेर नमोबुद्ध वडा नम्वर १ र ११ का १५ सय घरधुरीलाई चामल वितरण गरिएको छ ।

नमोबुद्द १ स्थित ठाङ्गु टासी याङ्चे गुम्बाका संस्थापक गुरु ठाङ्गु रेन्पोछेको स्मृतिमा नमोबुद्ध वडा नम्वर १ र ११ का १५ सय घरधुरीलाई १ बोरा चामल वितरण गरिएको हो ।

गुरु रेन्पोछेको सिघ्र पुनर्जन्म होस् भन्ने कामना सहित उहाँको स्मृतिमा उक्त दान गरिएको गुम्वाका सचिव दोर्जे टासी लामाले जानकारी दिए ।

गुरु रेन्पोछेको ९१ वर्षको उमेरमा जेठ २१ गते परिनिर्वाणा (देहावसान) भएको थियो । कार्तिक १८ गते उनको अन्तिम संस्कार गरिदैछ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर तामाङ, वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, ठाङ्गु टासी याङ्चे गुम्वाका पदाधिकारी समेतको उपस्थितीमा वितरण गरिएको थियो ।

चामल वितरण गर्दै नगर प्रमुख कुनसाङ लामाले मानवीय सेवा गरेकोमा आभार प्रकट गरे ।






प्रतिक्रिया दिनुहोस