राज्य एकिकरण ताकाका कोटमा निरन्तर मौलो पुजा

नौलो समाचार संवाददाता
२०८० कार्तिक ६, सोमबार मा प्रकाशित २२६३ पटक पढिएको

राज्य एकिकरण ताकाका कोटमा निरन्तर मौलो पुजा

दाप्चा \ राज्य एकिकरणकोे बेलामा स्थापित कोटमा निरन्तर मौलो पुजा गर्ने गरिएको छ ।

प्रत्येक बर्ष नवरात्री अन्तर्गत नवमीको दिनमा दाप्चास्थित कोटमा पञ्चबलीसहित मौलो पुजा गर्ने गरिएको हो । इतिहासका जानकारका अनुसार, करिब २ सय ८० बर्षदेखि यहाँ निरन्तर मौलो पुजा हुँदै आएको छ ।

यसबर्ष पनि बाजागाजासहित खुशाीयालीका साथ कोटमा मौलो पूजा गरिएको नमोबुद्ध वडा नं ९ का अध्यक्ष विरबहादुर लामाले जानकारी दिए । वडा कार्यालयको व्यवस्थापनमा कोटमा मौलो पुजा गरिएकोे हो ।

दाप्चाको कोट कालिका मन्दिर सो क्षेत्रको प्रसिद्ध मन्दिर हो । दशैं लगायतका चाडपर्वमा यहाँ भक्तजनको घुइचो लाग्ने गरेको छ । सोमबार मौलो पुजामा पनि दाप्चा र आसपासका क्षेत्रबाट १ हजार भन्दा बढी दर्शनार्थी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस