श्रीमानका दुवै मृगौला फेल भएपछि सहयोग गरिदिन श्रीमतीको अपिल

नौलो समाचार संवाददाता
२०८० कार्तिक १२, आईतबार मा प्रकाशित ५५४ पटक पढिएको
श्रीमानका दुवै मृगौला फेल भएपछि सहयोग गरिदिन श्रीमतीको अपिल

नमोबुद्ध\ श्रीमानको दुवै मृगौला फेल भएपछि उनको उपचारमा सघाइदिन श्रीमतीले अनुरोध गरेकी छन् ।

नमोबुद्ध नगरपालिका वडा नं ८ का झिल्के सार्कीको दुबै मृगौलाले काम गर्न छोडेपछि डाइलासिस गराउन समेत समस्या भएपछि श्रीमती मैयाले सहयोग गर्न सबैमा अपिल गरेकी हुन् ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्ना भएर डाइलासिस गराइरहेका उनलाई हप्तामा कम्तीमा २ पटक डाइलासिस गराउनुपर्ने चिकित्सकले सुझाव दिएको श्रीमती मैयाले बताइन् । घरबाट आवतजावत गर्न र अस्पताल गर्न खर्च अभाव भएको उनले बताइन् ।

श्रीमती मृगौला प्रत्यारोपण गर्न खोजेपनि रक्त समूह नमिलेको कारण सम्भव भएको छैन ।

श्रीमती मैयाले 9843569972 मा सम्पर्क गरी आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेकी छन् ।

लामो समय भारतमा मजदुरी गरेर फर्किएका झिल्के दैनिक गुजारा गर्न नीजी विद्यालमा चालक थिए ।


प्रतिक्रिया दिनुहोस