विद्यालयमा नै पब्जी प्रतियोगिता

नौलो समाचार संवाददाता
२०८० कार्तिक २२, बुधबार मा प्रकाशित २९६ पटक पढिएको
विद्यालयमा नै पब्जी प्रतियोगिता

बनेपा\ बनेपा–८ स्थित बागमती अंग्रेजी बोर्डिङ स्कुलले विद्यालयमा अनलाइन खेल पब्जी प्रतियोगिता गरेको छ । खेलकुद सप्ताह अन्तर्गत अन्तर सदन (हाउस) पब्जी प्रतियोगिता गरिएको प्रिन्सिपल दिपेन्द्र विष्टले जानकारी दिए ।

उक्त खेलले बालबालिकाको मानसिक रूपमा सक्रियता जगाउने बिष्टले बताए । पब्जी खेलप्रती अभिभावकको नकारात्मक दृष्टिकोणलाई चिर्नको लागि पनि यो प्रतियोगिताको आयोजना गरेको उनको तर्क छ । जिल्लामा नै पहिलो पटक प्रतियोगिता आयोजना गरिएको विद्यालयको दाबी छ ।

प्रतियोगितामा चार सदन मध्ये हरियो सदन पहिलो स्थान हासिल गर्न सफल भएको छ । पहेलो सदन दोस्रो र नीलो सदन तेस्रो भएको छ । प्रतियोगिताको लागि रोजन मुस्याजु, रोनिश मुस्याजु र मनिश मानन्धरको समूहले प्राविधिक सहयोग गरेका थिए ।

विद्यालयले प्रत्येक बर्ष आन्तरिक रुपमा खेलकुद सप्ताह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस