जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई काभ्रेबाट सहयोग गर्ने पहिलो स्थानीय तह बन्यो बनेपा

करिब साढे ७ लाख सहयोग
नौलो समाचार संवाददाता
२०८० कार्तिक २३, बिहिबार मा प्रकाशित ८५६ पटक पढिएको
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई काभ्रेबाट सहयोग गर्ने पहिलो स्थानीय तह बन्यो बनेपा
तस्वीर: इन्टरनेट

बनेपा \ जाजकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितलाई काभ्रेबाट सहयोग गर्ने बनेपा नगरपालिका पहिलो स्थानीय तह भएको छ ।

बिहिबार बसेको कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई विपद व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण जनप्रतिनिधिबाट ५ दिनको सेवा सुविधा बराबरको रकम, प्रमुख प्रशासकीय अधिकृतको ५ दिनको तलब, पाँचौं तहमाथिका कर्मचारीहरुको २ दिनको तलब र पाँचौं तहमुनिका सम्पूर्ण कर्मचारीको १ दिनको तलबाट अन्दाजी साढे २ लाख रकम संकलन गरी सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले जानकारी दिए । उनका अनुसार, उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार जम्मा गरिनेछ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले दुखको समयमा केही राहत हुने विश्वासका साथ सहयोग गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस