महाभारतमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम ग्रामिण भेगको लागि प्रभावकारी
नौलो समाचार संवाददाता
२०८० कार्तिक ३०, बिहिबार मा प्रकाशित ३७१ पटक पढिएको
महाभारतमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार
तस्वीर : कान्छालाल जिम्वाको फेसबुक

महाभारत \ स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक गर्भवतीलाई महाभारतस्थित बनखुचौर स्वास्थ्य चौकीबाट हवाइ उद्धार गरिएको छ ।

कार्तिक २९ गते गर्भवती जाँच गर्न आएकी २७ बर्षीय इश्वरी माझीलाई व्यथा लागेपनि पाठेघरको मुख नखुलेकाले व्यथा लम्बिएर जटिलता हुन सक्ने भन्दै त्यहाँस्थित बर्थिङ सेन्टरबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल रिफर गरिएको थियो । इश्वरीले शल्यक्रियामार्फत छोरालाई जन्म दिएको बाबु पंकजले जानकारी दिए ।

बर्थिङ सेन्टरबाट उद्धारको लागि गाउँपालिकालाई पत्र लेखेपछि जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हेलि एम्बुलेन्समार्फत उद्वार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधी, २०७७ तयार गरी पारित गरिएको छ । जिल्लाको महाभारत र चौरीदेउरालीमा आर्थिक बर्ष ०७७/७८ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू छ । उनका अनुसार, हालसम्म महाभारतमा १५ जनालाई हेलि एम्बुलेन्समार्फत उद्धार गरिएको छ ।

भौगोलिक विकटताको कारण समयमा नै उपयुक्त उपचार नपाउँदा जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकाका स्थानीय अकालमा ज्यान गुमाउन बाध्य थिए । ३ बर्षअघि खानीखोलास्थित साल्धारामा ३ दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लागेकी १६ बर्षीय रञ्जिता थोकरलाई स्वासप्रश्वासको समस्या समेत देखिएपनि बर्षाका कारण स्वास्थ्य केन्द्रमा समेत पु¥याउने अवस्था नभएपछि घरमा उपचारको क्रममा मृत्यु भएको थियो । परिवारका सदस्यले गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यलयमार्फत हेलिकप्टर मगाएपनि विरामीको मृत्यु भएपछि रित्तै फर्किएको थियो ।

भौगोलिक विकट दुई गाउँपालिकमा बर्षभरी नै यातायातका साधन चल्ने अवस्था नभएपछि स्थानीय आधारभूत स्वास्थ्य सेवाको लागि पनि महंगो मूल्य तिर्न बाध्य छन् । यातायात सुलभ नभएपछि विरामीहरु हेलिकप्टर चार्टर गर्न बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस